काठमाडौँ – मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहले आह्वान गरेको प्रदर्शनमा सहभागी भएका आठ युवालाई प्रहरीले आज काठमाडौँमा नियन्त्रणमा लिएको छ।
जिल्ला प्रशासन कार्यालयको अनुमति नलिई माइतीघर मण्डलामा सभा, विरोध, ¥याली वा धर्ना आयोजना गर्नु कानुन अनुसार प्रतिबन्धित छ। यस कानुनी व्यवस्था उल्लङ्घन गरेको आरोपमा रविकिरण हमालसहित आठ युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जेनजी समूहले आफ्नो माग र मुद्दा सम्बोधन नभएको भन्दै माइतीघर मण्डलामा नाराबाजी गर्दै प्रदर्शन गर्न लागेको थियो। काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले घटना पुष्टि गर्दै नियन्त्रणमा लिइएको जानकारी दिएका छन्। (सारस )


