
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई) निर्धारित मितिअनुसार वैशाख २१ देखि जेठ २ गतेसम्म सञ्चालन हुने स्पष्ट पारेको छ। यसअघि आन्दोलनका कारण परीक्षा सारिएको भए पनि हाल शिक्षक महासङ्घसँग सहमति भइसकेकाले परीक्षा नियमित रूपमा हुने जनाइएको हो।
बोर्डले परीक्षा सम्बन्धमा सामाजिक सञ्जालमा फैलाइएको भ्रामक सूचना र बोर्डको लोगो प्रयोग गर्दै गरिएको प्रचारप्रति गम्भीर आपत्ति जनाउँदै आधिकारिक सूचनाबाहेक अन्य स्रोतहरूमा भर नपर्न अनुरोध गरेको छ। बोर्डको कुनै आधिकारिक फेसबुक पेज नरहेको र सबै सूचना केवल वेबसाइटमार्फत सार्वजनिक हुने उल्लेख गरिएको छ।
बोर्डले परीक्षाको तयारी पूर्ण भइसकेको जनाउँदै सबै परीक्षा केन्द्रमा मर्यादित र व्यवस्थित ढंगले परीक्षा सम्पन्न गराउने प्रतिबद्धता जनाएको छ। साथै, बोर्डले एक सूचना जारी गर्दै केन्द्राध्यक्ष, शिक्षक, कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी, अभिभावक तथा अन्य सरोकारवालाहरूलाई सहयोग र जिम्मेवारीपूर्वक आ–आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरेको छ।