नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विनिमय दरमा अमेरिकी र अस्ट्रेलियन डलरको मूल्यमा वृद्धि भएको देखिएको छ। केही विदेशी मुद्राहरुमा वृद्धि भए पनि युरो र पाउन्डसहित केही अन्य मुद्राको मूल्य घटेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिददर आज १३४ रुपैयाँ २३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८३ पैसा कायम भएको छ, जसले हिजोको तुलनामा सामान्य वृद्धि देखाएको छ। अस्ट्रेलियन डलरको मूल्य पनि बढ्दै ८९ रुपैयाँ ७६ पैसा खरिददर र ९० रुपैयाँ १६ पैसा बिक्रीदरमा पुगेको छ।
यता, युरोको खरिददर १४५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९९ पैसा कायम भएको छ, जसले हिजोको तुलनामा सस्तो भएको छ। पाउण्ड स्ट्रलिङको मूल्य पनि घटेर खरिददर १७४ रुपैयाँ २४ पैसा र बिक्रीदर १७५ रुपैयाँ ०२ पैसा कायम भएको छ।
त्यस्तै, कुबेती दिनार र बहराइन दिनारको मूल्यमा पनि केही गिरावट आएको छ।



