निरंजन शाह,
काठमाडौं— काठमाडौं महानगरपालिका वडा नं. १५ द्वारा आयोजित स्वयम्भू महोत्सव आजदेखि सुरु भएको छ। एक हप्तासम्म चल्ने महोत्सवले स्थानीय सम्पदा, धार्मिक एवं सांस्कृतिक स्थलहरूको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।
महोत्सवमा मौलिक परिकारका स्टलहरू, स्वास्थ्य परीक्षण, रक्तदान, रञ्जना लिपि लेखन, मुहार चित्रकला, साथै सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू विशेष आकर्षणका रूपमा रहेका छन्। खेल महोत्सवले युवाहरूको सहभागिता बढाउने अपेक्षा गरिएको छ।
महोत्सवको उद्घाटन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह ले गरेका छन्। आयोजकका अनुसार यस उत्सवले स्थानीय पहिचान मजबुत बनाउन र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउनेछ।


