४ फागुन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २७ सय रुपैयाँ घटेर १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
गत शुक्रबार सुनको मूल्य १ लाख ७० हजार २०० रुपैयाँ थियो। यस्तै, चाँदीको मूल्यमा समेत गिरावट आएको छ। आज चाँदी प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन शुक्रबारको तुलनामा १५ रुपैयाँले कम हो।


