वीरगञ्ज, आदर्शनगरस्थित शिवम इम्पोरियमबाट भन्सार छली गरी लुकाइएका लाखौं मूल्यका कपडा बरामद गरिएको छ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले इम्पोरियममा छापा मारेको थियो। छापामारीका क्रममा गोदामबाट ५० भन्दा बढी पोका कपडा फेला पारिएको छ। बरामद गरिएका कपडाको अनुमानित बजार मूल्य ३० लाख रुपैयाँभन्दा बढी रहेको सुरक्षा निकायले जनाएको छ।
छापामारीपछि भन्सार छलिका सामान कानुनी प्रक्रिया अघि बढाउन भन्सार कार्यालयमा बुझाइएको छ।


