निरंजन शाह ,
वीरगञ्ज, पर्सा। वीरगञ्ज जेसिजले ‘सप्ताहव्यापी कार्यक्रम २०२५’ अन्तर्गत बिहीबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १७५ जना स्थानीय नागरिकले सेवा लिएका छन्।
शिविर वीरगञ्ज जेसिजको सचिवालय अगाडि आयोजना गरिएको थियो, जहाँ सहभागीहरूको रक्तचाप र मधुमेह (सुगर) परीक्षण निःशुल्क गरिएको थियो। यस स्वास्थ्य सेवामा एभरग्रिन नर्सिङ कलेज र नेपाल फर्मास्युटिकल्स एशोसियनले प्राविधिक सहयोग पुर्याएका थिए।

शिविर वीरगञ्ज जेसिज २०२५ का अध्यक्ष सरोज चौरसियाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जेसिजका पूर्व अध्यक्षहरू मधु राणा, उषा शाह, सन्तोष खनाल, निशान्त लामिछाने, गणेशमान श्रेष्ठ र डा. अरविन्द श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
सप्ताहव्यापी अभियान अन्तर्गत वीरगञ्ज जेसिजले यसअघि स्थानीय कलाकारहरूलाई सम्मान गरेको र वीरगञ्ज पब्लिक कलेजका ४० जना विद्यार्थीलाई जेसिज अभियानसम्बन्धी उत्प्रेरणा तालिमसमेत प्रदान गरिसकेको अध्यक्ष चौरसियाले जानकारी दिए।


