मधेश फाउन्डेशन नेपालले राधेमाई मन्दिरको प्राङ्गणमा तीज अवसरमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ। संस्थाकी अध्यक्ष श्रीमती पिंकी यादवको अध्यक्षतामा कार्यक्रमको औपचारिक उद्घाटन भई झाँकी तथा रात्रि सांस्कृतिक प्रस्तुति सुरु गरिएको थियो।
कार्यक्रममा वडा नं. १३ का अध्यक्ष हिरा गिरी प्रमुख अतिथि रहेका थिए भने मन्दिर सञ्चालकज्यू, समाजसेवी बिशेष साह, युवा नेता पावन यादव लगायतको सक्रिय उपस्थिति रहेको थियो।
तीजको पावन अवसरमा आयोजना गरिएको यस कार्यक्रममार्फत सांस्कृतिक झाँकी, गीत–संगीत र नृत्य प्रस्तुति गरिएको थियो। सहभागीहरूले यस प्रकारका कार्यक्रमले सांस्कृतिक परम्परा जगेर्ना गर्न र समाजमा आपसी सद्भाव बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।


