चैत २३, बिरगञ्ज
शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानको आयोजनामा एक विशाल खुला रक्तदान कार्यक्रम बिरगञ्जको घडिअर्वास्थित गीता मन्दिर प्रांगणमा सम्पन्न भएको छ।
कार्यक्रममा संविधानसभा सदस्य अनिल रुङटा प्रमुख अतिथिको रूपमा सहभागी थिए भने विशिष्ट अतिथिका रूपमा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईं, जिल्ला ट्राफिक पर्साका प्रमुख लोकराज भट्ट, बिरगञ्ज युवा समाज अध्यक्ष कमल चौलागाईं, पब्सन पर्सा अध्यक्ष सरोज चौधरी, नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका बृजकिशोर पटेल तथा गीता मन्दिर सञ्चालन समितिका अध्यक्ष मदन गुप्ता लगायतको उपस्थिति थियो। कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष मुना खनालले सभाध्यक्षको भूमिका निर्वाह गरिन्।
शनिबार सम्पन्न उक्त कार्यक्रमलाई सचिव लाल बाबु सिंह, सहसचिव अजित कुमार भुजेल, कोषाध्यक्ष बिना आचार्य, वरिष्ठ सल्लाहकार प्रकाश कुमार उपाध्याय, प्रा. डा. प्रमोद कुशवाह, जय कुमार दनुवार, प्रभु रौनियार, नवराज भट्टराईजस्ता व्यक्तित्वहरूले पनि साथ दिएका थिए।
रक्तदान कार्यक्रममा कुल ६६ जना स्वयंसेवकहरू सहभागी भए, जसमा ६ जना महिलाहरूको समेत सहभागिता थियो। रक्तदान गर्नेहरूमध्ये ज्ञानमाया रायमाझी, अञ्जली हुरो, रञ्जु हिरी, सार्दुल भट्टराई, अंकित साह, सुशान्त अधिकारी, सुबास सिंह, नवराज भट्टराई, गणेश शाह लगायतका उल्लेखनीय दाताहरू रहेका थिए।


