वीरगन्ज – पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिकामा सुजित साह प्रमुख प्रशासकीय अधिकृतको रूपमा पदस्थापन भएका छन्। यसअघि यस पदमा कार्यरत राजु साहको बढुवा भएपछि उनको स्थानमा सोमबार सुजित साहले जिम्मेवारी सम्हालेका हुन्।

गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले नयाँ प्रशासकीय अधिकृतलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिए। पदभार ग्रहण गर्दै अधिकृत साहले कानुनी दायराभित्र रही गाउँपालिकाको समृद्धि र सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिज्ञा व्यक्त गरे।

विगतमा विभिन्न स्थानीय तह र सरकारी कार्यालयमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका साहले आफ्नो अनुभवलाई यहाँका विकास र प्रशासनिक सुधारमा लगाउने बताए।


