वीरगन्ज, पर्सा — वीरगन्ज महानगरपालिका–२१ स्थित परवानीपुरमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक जना मोटरसाइकल चालकको ज्यान गएको छ।
प्रहरीका अनुसार ना ६ ख ७६०९ नम्बरको ट्रकले प्रदेश २–०३–०२१ प ६३०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए। उपचारका लागि लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको बताइएको छ।
दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको पहिचान परवानीपुरका प्रदीप गुप्ता रहेका छन्। घटनाका प्रत्यक्षदर्शी मोस्तकिम देवानका अनुसार ट्रकले ठक्कर दिएपछि त्यसपछि सोही सडकमा रहेका सरकारी नम्बरको ट्रयाक्टरलाई समेत ठक्कर दिएको थियो। ट्रयाक्टरमा भने सामान्य क्षति पुगेको छ।
ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिइ परवानीपुर प्रहरी चौकीमा राखिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाइएको छ।
दुर्घटनाले परवानीपुर आसपासमा केहीबेर सवारी आवागमन अवरुद्ध भएको थियो। प्रहरीको सक्रियतामा अहिले सडक सञ्चालनमा फर्किएको छ।


