काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ६.१६ अङ्कले उकालो लाग्दै २६४६.८४ बिन्दुमा पुगेर बन्द भएको छ।

आजको कारोबारमा तीन सय पाँच कम्पनीका १ करोड २० लाख ८१ हजार ६ सय ६ कित्ता शेयर ६६ हजार ६ सय २६ पटक किनबेच भई रू ५ अर्ब ३८ करोड ४६ लाख ७२ हजार २ सय ९५ बराबरको कारोबार सम्पन्न भएको छ।

आजको कारोबारमा बैंकिङ समूहमा ०.२७ प्रतिशत, होटल तथा पर्यटनमा ०.०४ प्रतिशत, उत्पादन तथा प्रशोधनमा ०.२५ प्रतिशत र अन्य समूहमा ०.१८ प्रतिशतले गिरावट आएको छ। यद्यपि, लगानी समूह स्थिर रहेको छ भने बाँकी समूहहरूमा सुधार देखिएको छ।
सबैभन्दा उल्लेखनीय वृद्धि वित्त समूहले गरेको छ, जसले २.६५ प्रतिशतले उचालो लागेको छ। विकास बैंक समूह ०.८० प्रतिशतले, जलविद्युत् समूह ०.४२ प्रतिशतले, जीवन बीमा ०.६७ प्रतिशतले, लघुवित्त ०.४४ प्रतिशतले, म्युचुअल फन्ड ०.३५ प्रतिशतले, निर्जीवन बीमा ०.४२ प्रतिशतले र व्यापार समूह ०.५९ प्रतिशतले सुधार देखाएका छन्।
सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड र ङादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ, भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।


