नेपाल जनता पार्टी पर्सा जिल्ला समितिको आयोजनामा भारतको अहमदाबादमा हालै भएको विमान दुर्घटनामा परी ज्यान गुमाएका मृतकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।
शुक्रवार साँझ वीरगंजको ऐतिहासिक घण्टाघर चो कमा दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा जिल्ला अध्यक्ष अनिल कुर्मीको अध्यक्षता रहेको थियो भने पार्टीका वरिष्ठ नेता संतोषानंद महाराज, विनोद पटेल, सुरेश शाह कानु,पारस द्विवेदी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा जिल्ला अध्यक्ष अनिल कुर्मी र पार्टीका महामन्त्री इन्जिनियर राजिनन्द चौधरीले मन्तव्य व्यक्त गर्दै मृतकप्रति गहिरो दुःख व्यक्त गरे। उनीहरूले दुर्घटनामा ज्यान गुमाएकाहरूको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका थिए।
पार्टीले यस्तो प्रकारका मानवीय घटनाप्रति समवेदना जनाउनु नै आफ्नो सामाजिक दायित्व भएको भन्दै भावी दिनमा पनि जनसम्बेदनशील विषयहरूमा अग्रसर हुने प्रतिबद्धता व्यक्त गर्यो।


