बिरगंज महानगरपालिका, वार्ड नं. ५ स्थित कुम्हालटोलमा निर्माण गरिएको “नारायणी स्पोर्ट्स क्लब” को नयाँ भवनको समुद्घाटन समारोह एक भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ। प्रमुख अतिथिको रूपमा जनता समाजवादी पार्टी नेपालका पूर्व मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य लालबाबु राउतले भवनको उद्घाटन गरे।
कार्यक्रममा विशिष्ट अतिथिहरूको रूपमा एमालेका पूर्व नेता बाबुजान अल्ली, वरिष्ठ पत्रकार लालबाबु शेष, वडा अध्यक्ष जय प्रकाश साह, रितेश गुप्ता, नगवा वडा अध्यक्ष प्रशुराम चौरसिया लगायतका व्यक्तित्वहरूको उपस्थिति थियो।
युवानेता ललन सिंह, समाजसेवी अयुफ अन्सारी, शिक्षिका सरिता खड्की, डा. मनोज उपाध्याय लगायत थुप्रै स्थानीय तथा विशिष्ट व्यक्तिहरूले कार्यक्रममा आफ्नो उपस्थिति जनाउँदै कार्यक्रमलाई थप भव्य बनाए। सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझीको समेत कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको थियो।
वरिष्ठ स्तम्भकार तथा नेता कुमार रुपाखेतीले कार्यक्रमको सहजीकरण गरेका थिए। कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
स्थानीय समुदायले यो क्लबलाई खेलकुद र सामाजिक गतिविधिहरूको केन्द्रका रूपमा विकास हुने विश्वास व्यक्त गरेका छन्। कार्यक्रममा सहभागी सबैले यो नयाँ भवनले युवाहरूको प्रतिभा विकास र समुदायको समृद्धिमा ठूलो योगदान दिने आशा व्यक्त गरे।
कार्यक्रमको समापनमा स्थानीयवासीले उत्साहपूर्ण प्रतिक्रियासहित क्लबलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।


