
मो. खालिद जेया
धोबिनी गाउँपालिका वडा नम्बर ५, जसलाई पूर्व धोबिनी गाविसको रूपमा चिनिन्थ्यो, २०७१ सालमै खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको थियो। यसले सम्पूर्ण नगरवासीलाई सार्वजनिक स्थानमा दिशा–पिसाब नगर्ने र स्वच्छताको आदर्श स्थापित गर्न प्रेरित गरेको थियो।
तर, हालको अवस्थाले यो प्रतिबद्धता कमजोर हुँदै गएको देखिन्छ। गाउँका सडक र चोकमा फोहोरको थुप्रो देखिनुका साथै कतिपय स्थानमा खुला रूपमा दिशा–पिसाब गरिँदा दुर्गन्धले आवतजावतमा कठिनाइ सिर्जना गरेको छ।
यो समस्याको समाधानका लागि हरेक नगरवासीले जिम्मेवारीका साथ कदम चाल्नुपर्ने समय आएको छ। सार्वजनिक स्थानमा फोहोर नगर्ने, बाटो छेउमा दिशा–पिसाब नगर्ने, र आफ्नो ठाउँलाई सफा राख्न सबैको सक्रिय भूमिका अपरिहार्य छ। यसले हाम्रो गाउँलाई सफा, स्वस्थ र स्वाभिमानी बनाउनेछ।
तपाईंको सेवक
मो. खालिद जेया
सामाजिक अभियन्ता
धोबिनी गाउँपालिका वडा नं. ५


