काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार भेटवार्ता भएको छ।
एमाले अध्यक्ष ओलीको सचिवालयका अनुसार काठमाडौंको महाराजगञ्जमा भएको उक्त भेटमा दुवै नेताबीच पछिल्लो राजनीतिक अवस्थाबारे गहन छलफल गरिएको थियो। छलफलका क्रममा कांग्रेस र एमालेले सर्वोच्च अदालतमा दायर गरेका विभिन्न मुद्दा, दलहरूबीचको सम्बन्ध तथा समसामयिक राजनीतिक विषय मुख्य एजेन्डा बनेको जनाइएको छ।
स्रोतका अनुसार देशको वर्तमान राजनीतिक परिस्थिति, आगामी राजनीतिक घटनाक्रम र आपसी सहकार्यको सम्भावनाबारे पनि दुवै शीर्ष नेताबीच विचार आदान–प्रदान भएको थियो।
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीचको यो भेटलाई राजनीतिक क्षेत्रले चासोका साथ हेरिरहेको छ। पछिल्ला दिनहरूमा विकसित राजनीतिक घटनाक्रमको पृष्ठभूमिमा भएको यो भेटलाई अर्थपूर्ण मान्दै विभिन्न अड्कलबाजी पनि सुरु भएका छन्।


