काठमाडौँ । नक्कली विवरण प्रयोग गरी नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानी तयार गर्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिई सार्वजनिक गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा दाङको तुलसीपुर उपमहानगरपालिका–१७ स्थायी घर भई हाल काठमाडौँको तारकेश्वर–८ शान्तिटोल बस्दै आएका ४३ वर्षीय यमबहादुर बस्नेत, झापा कचनकबल गाउँपालिका–३ घर भई हाल ललितपुरको महालक्ष्मी–१ इमाडोलमा बसोबास गर्ने ५१ वर्षीय कृष्णबहादुर कटुवाल र झापा भद्रपुर नगरपालिका–९ घर भई हाल काठमाडौँ महानगरपालिका–३० ज्ञानेश्वर बस्ने ४१ वर्षीय सूर्यबहादुर खड्का रहेका छन्।
प्रवक्ता तथा प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनीहरूविरुद्ध नागरिकता सम्बन्धी अपराध, लिखत कीर्ते तथा संगठित अपराधका अभियोगमा थप अनुसन्धान भइरहेको छ। आवश्यक कानुनी प्रक्रिया अघि बढाउन पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय झापा पठाइएको उनले जानकारी दिए।


