निरन्जन शाह
भारतीय तीव्र गतिका बलर मोहम्मद सिराज आगामी आईपीएल सिजनका लागि गुजरात टाइटन्ससँग जोडिएका छन्।
साउदी अरेबियामा सम्पन्न आईपीएलको मेगा अक्सनमा सिराजलाई गुजरात टाइटन्सले ठूलो रकम खर्च गरेर आफ्नो टिममा भित्र्याएको हो। उनलाई १२ करोड २५ लाखमा अनुबन्ध गरिएको छ। सिराजको प्रदर्शनलाई ध्यानमा राख्दै टिमले उनलाई विशेष महत्व दिएको छ।
यसअघि, सिराज आरसीबीको मुख्य बलरका रूपमा चिनिएका थिए। अब उनले गुजरातको बलिङ आक्रमणलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।



